Market Closed

एनएमबि हाइब्रिड फन्डको सेयर बजारमा ४० करोड लगानी

31 Dec,2019
  • mutual_3_12_31_2019_1_37_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि हाइब्रिड फन्ड एल–१ को मंसिरमा प्रतिइकाई मूल्य (न्याभ) १० रुपैयाँ ११ पैसा कायम भएको छ । न्याभ कात्तिक महनिाको भन्दा २४ पैसा धेरै हो । कात्तिकमा यसको न्याभ ९ रुपैयाँ ८७ पैसा रहेको थियो । मंसिरमा हाइब्रिडको बैंक मौज्दात २९.१४% ले घटेर १९ करोड ५ लाख ९ हजार ४६ रुपैयाँ ६६ पैसा आइपुगेको छ । अघिल्लो महिना बैंक मौज्दातमा २६ करोड ८८ लाख ५३ हजार ८६ रुपैयाँ ७२ पैसा थियो ।
 
यस फन्डको सूचीकृत सेयरमा लगानी २.३३% ले बढेर ४० करोड ११ लाख ८६ हजार २६९ रुपैयाँ पुगेको छ । कात्तिकमा सूचीकृत सेयरमा लगानी ३९ करोड २० लाख ३३ हजार ६११ रुपैयाँ रहेको थियोे । मंसिरसम्म यो फन्डले ५७ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा बढी लगानी नेपाल दूरसञ्चार कम्पनीमा रहेको छ । दूरसञ्चारको ५७ हजार २८० कित्ता सेयरमा ३ करोड ६६ लाख ५९ हजार २०० रुपैयाँ लगानी भएको छ । 
 
 
 
 
 
 
 
 
 

Post Your Comment