Market Closed

एनएमबि हाइब्रिड फन्डको सबैभन्दा धेरै टेलिकममा

27 Feb,2020
  • mutual_fund_6_2_2_27_2020_12_57_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि हाइब्रिड फन्ड एल–१ को माघमा प्रतिइकाई मूल्य (न्याभ) ४० पैसाले बढेर ११ रुपैयाँ पुगेको छ । पुसमा यस फन्डको न्याभ १० रुपैयाँ ६० पैसा रहेको थियो । माघसम्म सूचीकृत सेयरमा लगानी ४६ करोड २३ लाख ३८ हजार ६६३ रुपैयाँ रहेको छ । पुससम्म भन्दा यो ६.१४% धेरै हो । पुसमा यसको सूचीकृत सेयरमा लगानी ४३ करोड ५५ लाख ५९ हजार २३४ रुपैयाँ थियो ।

बैंक मौज्दात पनि ११.८१% ले बढेको छ । पुससम्म १८ करोड ६४ लाख ५७ हजार ९८१ रुपैयाँ रहेको बैंक मौज्दात माघमा बढेर २० करोड ८४ लाख ९३ हजार ८३७ रुपैयाँ पुगेको हो । यस फन्डले हालसम्म ५२ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै लगानी नेपाल दूरसञ्चार (नेपाल टेलिकम) कम्पनीमा रहेको छ । दूरसञ्चारको ५७ हजार २८० कित्ता सेयरमा ३ करोड ४५ लाख ५६ हजार ३२० रुपैयाँ लगानी रहेको हो ।

Post Your Comment