नेपाली पैसा
काठमाडौं : एनएमबि हाइब्रिड फन्ड एल–१ को जेठमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ०३ पैसाले बढेर १० रुपैयाँ ७२ पैसा कायम भएको छ । अघिल्लो महिना यस फन्डको न्याभ १० रुपैयाँ ६९ पैसा थियो । यसको सूचीकृत सेयरमा लगानी ३८ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो महिनाको भन्दा २.३६% ले धेरै हो । वैशाखमा यस फन्डको सूचीकृत सेयरमा लगानी ३७ करोड ३४ लाख ७२ हजार रुपैयाँ थियो ।
यस फन्डले हालसम्म ५२ वटा सूचीकृत कम्पनीमा लगानी गरको छ । सबैभन्दा धेरै लगानी नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को सेयरमा रहेको छ । टेलिकमको ५७ हजार २८० कित्ता सेयरमा ३ करोड ३६ लाख २३ हजार ३६० रुपैयाँ लगानी रहेको छ । यसको बैंक मौज्दात भने ७ लाख ९३ हजार रुपैयाँले घटेर २६ करोड ३० लाख २ हजार रुपैयाँमा आएको छ । वैशाखमा यसको बैंक मौज्दातमा २६ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।