Market Closed

एनएमबि हाइब्रिड फन्ड एल–१ को सेयर बजारमा लगानी १०.३७% ले बढ्यो

23 Sep,2020
  • mutual_fund_6_2_2_27_2020_12_57_00.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि हाइब्रिड फन्ड एल–१ को भदौमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ६० पैसाले बढेर १२ रुपैयाँ १० पैसा कायम भएको छ । अघिल्लो महिना यस फन्डको न्याभ ११ रुपैयाँ ५० पैसा थियो । यसको सूचीकृत सेयरमा लगानी ५३ करोड ५३ लाख १८ हजार रुपैयाँ रहेको छ । यो अघिल्लो महिनाको भन्दा १०.३७% ले धेरै हो । साउनमा यस फन्डको सूचीकृत सेयरमा लगानी ४८ करोड ४९ लाख ९४ हजार रुपैयाँ थियो ।
 
यस फन्डले हालसम्म ५२ वटा सूचीकृत कम्पनीमा लगानी गरको छ । सबैभन्दा धेरै लगानी नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को सेयरमा रहेको छ । टेलिकमको ५७ हजार २८० कित्ता सेयरमा ४ करोड ४३ लाख ९६ हजार ८० रुपैयाँ लगानी रहेको छ । अघिल्लो महिना १९ करोड २० लाख २९ हजार १५५ रुपैयाँ रहेको बैंक मौज्दात यस महिना १८ करोड ५३ लाख ६५ हजार ८२८ रुपैयाँमा आएको छ । 
 

Post Your Comment