Market Closed

एमएमबि माइक्रोफाइनान्सको खुद नाफा ८८.५१% ले झर्यो, इपीएस २ रुपैयाँ ८९ पैसा

07 Nov,2018
  • NMB-microfinance-bittiya-sanstha-Ltd_7_20_2018_10_59_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : एमएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ८८.५१% कम हो । गत वर्ष एनएमबिले ८८ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
कम्पनीको खुद ब्याज आम्दानी भने ५% बढेर ४ करोड ४० लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ४ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफामा पनि ८९% को गिरावट आएको छ ।

गत वर्ष १ करोड ३८ लाख ६४ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा यो त्रैमासमा घटेर १५ लाख ९८ हजार रुपैयाँमा खुम्चिएको हो । 
 
यस त्रैमास सम्ममा ७७ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३७ करोड ३४ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड १३ लाख ७४ हजार रुपैयाँ छ । 
 
खराब कर्जा पनि १.३८% बाट बढेर २.७२% पुगेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ८९ पैसा (वार्षिक) रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ०६ पैसा छ ।
 

Post Your Comment