Market Closed

एनएमबि माइक्रोफाइनान्सको पुस २९ मा एजीएम, १५% बोनसपछि १५०% हकप्रद

24 Dec,2018
  • NMB-microfinance-bittiya-sanstha-Ltd_7_20_2018_10_59_14.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । एनएमबिले १५% बोनस वितरण गर्ने प्रस्ताव लैजानेछ । कम्पनीले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७८९% नगद लाभांश वितरण गर्न लागेको हो । बोनस वितरणमा २ करोड ११ लाख ३१ हजार २५० रुपैयाँ र नगदमा ११ लाख १२ हजार १७१ रुपैयाँ खर्च हुनेछ । 
 
साधारण सभा ह्वाइट हाउस पार्टी प्यालेस, सृजनाचोक पोखरामा बिहान ११ बजे सुरु हुनेछ । बोनस वितरणपछि कायम हुने पुँजीबाट १५०% हकप्रद ल्याउने एजेन्डा पनि रहनेछ । बोनस र हकप्रद पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले  सोही बमोेजिम कम्पनीको प्रनन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीको नाम परिवर्तन गरेर एनएमबि लघुवित्त वित्तीय संस्था बनाउने एजेन्डा पनि पेश हुनेछ । 
 
सभामा आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिंदैछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणका् एजेन्डा पनि छ । 
 
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्दैछ । पुस १४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नेछन् । हाल एनएमबि माइक्रोफाइनन्सको चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँ छ ।

प्रस्तावित बोनस वितरण पछि चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीले १० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ६ पैसा छ । 
 
 
 

Post Your Comment