Market Closed

एनएमबि माइक्रोफाइनान्सको खुद नाफामा ४३.१८% ले आयो गिरावट

16 Jan,2019
  • NMB-microfinance-bittiya-sanstha-Ltd_7_20_2018_10_59_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ४३.१८% कम हो । गत वर्ष एनएमबिले १ करोड ८१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने १०.३३% ले बढेर ८ करोड ९५ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष यसले ८ करोड ११ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफामा पनि ४४.८१% को गिरावट आएको छ । गत वर्ष २ करोड ८४ लाख १३ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा यो त्रैमासमा घटेर १ करोड ५६ लाख ७९ हजार रुपैयाँमा खुम्चिएको हो । 
 
एनएमबिले यस त्रैमास सम्ममा ८६ करोड ४४ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४५ करोड ४९ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ९ करोड ७० लाख १७ हजार रुपैयाँ छ । 
 
कम्पनीको खराब कर्जा पनि २.३३% बाट बढेर २.८९% पुगेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७४ पैसा (वार्षिक) रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ८८ पैसा छ ।
 

Post Your Comment