Market Closed

एनएमबि माइक्रोफाइनान्सको खुद नाफा ५२.६१% बढ्यो, अन्य सूचकमा पनि सुधार

15 Apr,2019
  • NMB-microfinance-bittiya-sanstha-Ltd_7_20_2018_10_59_14.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ३२ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ५२.६१% ले बढी हो । गत वर्ष एनएमबिले २ करोड १८ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
कम्पनीको खुद ब्याज आम्दानी १९.८८% ले बढेर १४ करोड ३० लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस लघुवित्तले ११ करोड ९३ लाख १० हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यता, चैत मसान्तसम्म सञ्चालन नाफा ५०.१७% ले बढाएर ५ करोड ११ लाख ३० हजार रुपैयाँ पुर्याएको छ । 
 
एनएमबिले यस त्रैमास सम्ममा ९६ करोड ११ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७९ करोड ४८ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा पनि २.९३% बाट घटेर २.४५% मा आएको छ ।

चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ११ करोड ९९ लाख ७४ हजार रुपैयाँ छ । यो गत वर्षको भन्दा २२.३७% ले बढी हो । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३९ पैसा (वार्षिक) रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ०६ पैसा छ । प्रतिसेयर आम्दानी गत वर्ष २० रुपैयाँ ६४ पैसा थियो ।

एनएमबि माइक्रोफाइनान्सको तेस्रो त्रैमासको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् । 

Post Your Comment