Market Closed

एनएमबि माइक्रोफाइनान्स १५०% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

22 Jul,2019
  • NMB-microfinance-bittiya-sanstha-Ltd_7_20_2018_10_59_14.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५०% हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।
 
बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । यस लघुवित्तले गत पुस २९ गते बसेको साधारण सभाबाट १४ करोड ८ लाख ७५ हजार चुक्ता पुँजीको १५% बोनस सेयर र बोनस पश्चात कायम हुने पुँजीबाट १५०% हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो ।
 
प्रस्तावित बोनस सेयर सभाबाट पारित भई नेप्सेमा सूचीकरण समेत भइसकेको छ । कम्पनीले उक्त बोनस सेयरपछि कायम भएको १६ करोड २० लाख ६ हजार रुपैयाँ चुक्ता पुँजीको १५०% हकप्रद जारी गर्न लागेको हो । यो हकप्रदपछि पुँजी ४० करोड ५० लाख ६९ हजार रुपैयाँ पुग्नेछ ।

Post Your Comment