Market Closed

एनएमबि लघुवित्तको खुद नाफा ८६.४५% ले बढ्यो, इपीएस ३७.६४ रुपैयाँ

25 Jul,2019
  • NMB-microfinance-bittiya-sanstha-Ltd_7_20_2018_10_59_14.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५÷०७६ को चौथो त्रैमाससम्ममा ६ करोड ९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८६.४५% बढी हो । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले ३ करोड २७ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
एनएमबिले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद ब्याज आम्दानी २५.२८% ले बढाएर २० करोड ७४ लाख ९७ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा ८५.३९% ले बढेर ९ करोड ४८ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
 
यसअवधिमा एनएमबिको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४२ पैसाले बढेर ३७ रुपैयाँ ६४ पैसा पुगेको छ । एनएमबिको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ४६ पैसा पुगेको छ । 

एनएमबि लघुवित्तको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment