Market Closed

एनएमबि लघुवित्तलाई १५०% हकप्रद सेयर बिक्री गर्न अनुमति

04 Oct,2019
  • right-share-_10_4_2019_3_25_28.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि लघुवित्तले १५०% हकप्रद जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको छ । बोर्डले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ । 
 
हाल यसको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी ४० करोड ५० लाख भन्दा धेरै हुनेछ । असार मसान्त सम्ममा एनएमबिले ६ करोड ९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
 
 
 

Post Your Comment