Market Closed

एनएमबि लघुवित्तको हकप्रदमा तोकियो बुक क्लोज मिति

15 Oct,2019
  • book_close_10_15_2019_1_28_16.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि लघुवित्तको १५०% हकप्रदमा बुक क्लोज मिति तय भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले कात्तिक ७ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । कात्तिक ६ गतेसम्म मात्र कायम सेयरधनीले यस हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद जारी गर्न धितोपत्र बोडबाट अनुमति पाइसकेको छ । बोर्डले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । 
 
यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ । हाल यसको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी ४० करोड ५० लाख भन्दा धेरै हुनेछ । असार मसान्त सम्ममा एनएमबिले ६ करोड ९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 

Post Your Comment