Market Closed

एनएमबि लघुवित्तको स्थगित एजीएम असार २२ मा, १२.६३२% लाभांंश

14 Jun,2020
  • NMB-microfinance-bittiya-sanstha-Ltd_7_20_2018_10_59_14_10_24_2019_11_22_47.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्थाले कोरोना भइरसका कारण रोकिएको सातौं वार्षिक साधारण सभा असार २२ गते डाकेको छ । सभा एनएमबि लघुवित्तको केन्द्रीय कार्यालय पोखरामा बिहान ११ बजे सुरु हुनेछ । यसअघि चैत २६ गते बोलाइएको साधारण सभा कोरोनाका कारण स्थगित गरिएको थियो । सभामा कम्पनीले १२.६३२% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

एनएमबिले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १२% बोनस सेयर र कर प्रयोजन सहित ०.६३२% नगद लाभांश वितरण गर्न लागेको छ । कम्पनीले ४ करोड ८६ लाख १ हजार ८७५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, कर तिर्न २५ लाख ५७ हजार ९३३ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ । 
 
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सञ्चालक समितिको प्रतिनिधित्व गर्न सस्ंथापक सेयरधनी तर्फ १ जना र सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालकको निर्वाचन गराउने तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ । 

आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि एनएमबिले चैत १० देखि चैत २६ गतेसम्म बुक क्लोज गरिसकेको छ । चैत ९ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
 
 
 
 

Post Your Comment