Market Closed

एनएमबि लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

25 Nov,2020
  • NMB-microfinance-bittiya-sanstha-Ltd_7_20_2018_10_59_14_10_24_2019_11_22_47_11_10_2020_7_37_52_11_25_2020_10_45_43.jpg
नेपाली पैसा

काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्थाले २०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १९% बोनस र कर सहित १% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, कम्पनीले ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

यस्तै, ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।  यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले १२.६३% लाभांश वितरण गरेको थियो । हाल एनएमबिको चुक्ता पुँजी ४५ करोड ३६ लाख १७ हजार ५०० रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ५३ करोड ९८ लाख रुपैयाँ हुनेछ ।



Post Your Comment