Market Closed

एनएमबिका ३ वटै म्युचुअल फन्डले सार्वजनिक गरे प्रगति विवरण, यस्तो छ अवस्था

01 Nov,2019
  • mutual_11_1_2019_3_31_11.png
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डहरुले असोज महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । एनएमबि हाइब्रिड फन्ड एल १ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) असोज महिनामा १ पैसाले घटेर ९ रुपैयाँ ८४ पैसामा आइपुगेको छ । अघिल्लो महिनामा यो फन्डको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ८५ पैसा रहेको थियो ।
 
यो फन्डको सूचीकृत सेयरमा लगानी पनि ३९ लाख ३८ हजार रुपैयाँले घटेर ३८ करोड ९३ लाख ५८ हजार रुपैयाँ छ । यस हाईब्रिड फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल ५७ वटा कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरमा ४३ हजार ८२१ कित्ता सेयरमा लगानी गरेको छ । यसको बैंक मौज्दातमा २८ करोड ७० लाख ६८ हजार रुपैयाँ रहेको छ ।
 
यता, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य असोज मसान्तमा ११ पैसाले बढेर १० रुपैयाँ ६४ पैसा पुगेको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ५३ पैसा थियो । यसले ६ वटा सूचीकृत कम्पनीमा १ करोड १ लाख ७३ हजार रुपैयाँ लगानी गरेको छ ।
 
यस फन्डको बैंक मौज्दातमा भने ५८ करोड २३ लाख ७७ हजार रुपैयाँ रहेको छ । सुलभ इन्भेष्टमेन्ट फन्डले सबैभन्दा धेरै सहयोगी विकास बैंकको १५ हजार ४० कित्ता सेयर होल्ड गरेको छ । यस्तै, एनएमबि फिफ्टीको प्रतिइकाई खुद सम्पति मूल्य भने असोज मसान्तसम्म आइपुग्दा ७ पैसाले बढेर १० रुपैयाँ ४ पैसा पुगेको छ । असोज मसान्तसम्म यसले ४ करोड ८४ लाख १५ हजार रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ ।

त्यस्तै, यसको बैंक मौज्दातमा १ अर्ब १० करोड ७९ लाख २ हजार रुपैयाँ रहेको छ । यस फन्डले मुद्दति निक्षेपमा ९ करोड ५० लाख रुपैयाँ राखेको छ । यस अवधिसम्म आइपुग्दा फन्डले १८ कम्पनीको सेयरमा लगानी गरेको छ । फन्डले सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १४ हजार ९ सय कित्ता सेयर होल्ड गरेको छ । 
 

Post Your Comment