Market Closed

एनएमबिका दुवै फन्डको लाभांश घोषणा : हाइब्रिडको १०% नगद, सुलभ इन्भेष्टमेन्टको कति ?

28 Jul,2019
  • Dividend_7_28_2019_11_52_16.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि क्यापिटलका दुवै म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । एनएमबि हाइब्रिड फन्ड एल–१ योजनाले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट १०% नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ । यस्तै, एनएमबि सुलभ इन्भेष्टमन्ट फन्ड–१ बाट पनि लगानीकर्ताले करसहित १५% का दरले प्रतिफल पाउने भएका छन् ।
 
योजना व्यवस्थापक एनएमबि क्यापिटलको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले दुवै फन्डका लगानीकर्ताहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । हाल एनएमबि क्यापिटलको व्यवस्थापनमा दुई वटा म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् । सुलभ फन्ड असोज ३ गते परिपक्क हुनेछ ।
 
यता, एनएमबि क्यापिटलले नयाँ योजना ‘एनएमबि ५०’ को १२ करोड इकाई साउन १३ गतेदेखि बिक्री खुला गर्दैछ । 


Post Your Comment