Market Closed

एनएमबिका म्युचुअल फन्डले पनि गर्न सकेनन् प्रगति, दुवैको न्याभ घट्यो

30 Aug,2019
  • mutual-funds-15_8_31_2018_8_43_26.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डको साउन महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । एनएमबि हाइब्रिड फन्ड एल-१ को प्रतिइकाई खुद सम्पति मूल्य साउन मसान्तमा ९७ पैसाले घटेर १० रुपैयाँ ४ पैसामा आएको छ । 
 
हाइब्रिड फन्डले सूचीकृत सेयरमा लगानी अघिल्लो महिना भन्दा ६ करोड २९ लाख ९० हजार रुपैयाँले बढाएर ३५ करोड १६ लाख ६ हजार रुपैयाँ पुर्याएको छ । यसले कुल ५३ वटा सूचीकृत कम्पनीको १३ लाख ३२ हजार ७३२ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ६४ हजार २५६ कित्ता सेयर रहेको छ ।
 
यता, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य पनि १ रुपैयाँ ४१ पैसाले घटेर १० रुपैयाँ ५१ पैसा पुगेको छ । अघिल्लो महिनाको तुलनामा सूचीकृत सेयरमा लगानी घटेको छ । सूचीकृत सेयरमा लगानी ४ करोड ५१ लाख ८७ हजार रुपैयाँले घटेर साउनसम्ममा ७२ करोड ७६ लाख ९७ हजार रुपैयाँमा आइपुगेको छ ।
 
सुलभ इन्भेष्टमेन्ट फन्डले विभिन्न म्युचुअल फन्डसहित २० वटा कम्पनीको कुल १ लाख ८३ हजार २०२ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २३ हजार ३६५ कित्ता सेयरमा लगानी गरेको छ ।
 
यता, हालै मात्र एनएमबि क्यापिटलले एनएमबि ५० नाममा नयाँ म्युचुअल फन्ड योजना बिक्री गरेको छ । उक्त योजना भने नेप्सेमा सूचीकृत हुन बाँकी छ ।

Post Your Comment