Market Closed

एनएमबिका दुवै म्युचुअल फन्डको न्याभ बढ्यो, सेयर बजारमा यस्तो छ लगानी

27 May,2019
  • mutual-funds-15_8_31_2018_8_43_26.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डको वैशाख महिनामा प्रतिइकाई खुद सम्पति मूल्य  (न्याभ) बढेको छ । एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाई खुद सम्पति मूल्य वैशाख महिनामा २७ पैसाले बढेर ११ रुपैयाँ ९ पैसा पुगेको छ । हाइब्रिड फन्डको सूचीकृत सेयरमा लगानी पनि बढेको छ ।
 
यस फन्डको सेयर लगानी २ करोड ३६ लाख ३१ हजार रुपैयाँले बढेर वैशाख मसान्तसम्ममा २८ करोड ८७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यसले कुल ४५ वटा सूचीकृत कम्पनीको ६ लाख ५७ हजार ७२२ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ६४ हजार २५६ कित्ता सेयर रहेको छ ।
 
यता, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य पनि ५५ पैसाले बढेर १२ रुपैयाँ ८ पैसा पुगेको छ । अघिल्लो महिनाको तुलनामा सूचीकृत सेयरमा लगानी पनि बढेको छ । सूचीकृत सेयरमा लगानी ४० करोड ९२ लाख ३९ हजार रुपैयाँबाट बढाएर वैशाखमा ४४ करोड ५० लाख ३३ हजार रुपैयाँमा पुर्याएको छ ।
 
सुलभ इन्भेष्टमेन्ट फन्डले विभिन्न म्युचुअल फन्डसहित ५९ वटा कम्पनीको कुल ९ लाख ९० हजार ५५६ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ४८ हजार २११ कित्ता सेयर रहेको छ । 

Post Your Comment