Market Closed

एनएमबिका दुवै म्युचुअल फन्डको बुक क्लोज मिति घोषणा

05 Sep,2019
  • book_close_9_5_2019_11_30_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित दुवै म्युचुअल फन्डले बुक क्लोज मिति तय गरेका छन् । दुवै फन्डले नगद लाभांश वितरण गर्न भदौ २६ गते बुक क्लोज गर्ने भएका हुन् । भदौ २५ गतेसम्म कायम रहने इकाइधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् । एनएमबि हाइब्रिड फन्ड एल–१ योजनाले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट १०% नगद लाभांश (कर सहित) वितरण गर्नेछ ।

यस्तै, एनएमबि सुलभ इन्भेष्टमन्ट फन्ड–१ ले पनि करसहित १५% का दरले प्रतिफल वितरण गर्नेछ । हाल एनएमबि क्यापिटलको व्यवस्थापनमा दुई वटा म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् । सुलभ फन्ड असोज ३ गते परिपक्क हुनेछ ।

 

Post Your Comment