Market Closed

एनएमबिका दुवै म्युचुअल फन्डको मूल्य समायोजन

12 Sep,2019
  • price-adjustment-no_9_12_2019_11_04_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि क्यापिटलले सञ्चालन गरेको दुवै म्युचुअल फन्डको नेपाल स्टक एक्चेन्जमा नगद लाभांशको मूल्य समायोजन भएको छ । एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि सुलभ इन्भेष्टमन्ट फन्ड १ को नगद लाभांश (प्रतिफल) मा मूल्य समायोजन भएको हो । 
 
एनएमबि हाइब्रिड फन्ड एल १ को १०% नगद लाभांशमा मूल्य समायोजन गरिएकोहो । समायोजनपछि बिहीबार यसको कारोबार प्रतिइकाई ८ रुपैयाँ ५२ पैसालाई आधार मानेर खुलेको छ । बुधबार यसको अन्तिम कारोबार प्रतिइकाई ९ रुपैयाँ ५२ पैसामा भएको थियो । 
 
यस्तै, एनएमबि सुलभ इन्भेष्टमन्ट फन्ड १ को १५% नगद लाभांशमा पनि मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि बिहीबार यसको कारोबार प्रतिइकाई ९ रुपैयाँ ६१ पैसालाई आधार मानेर खुलेको छ । बुधबार यसको अन्तिम कारोबार प्रतिइकाई ११ रुपैयाँ ११ पैसामा भएको थियो । सुलभ फन्ड असोज ३ गते परिपक्क हुँदैछ ।
 

Post Your Comment