Market Closed

एनएमबि हाइब्रिड फन्डको न्याभ १९ पैसा घट्यो, सुलभ इन्भेष्मेन्ट परिपक्क हुँदै

02 Oct,2019
  • mutual-funds-15_8_31_2018_8_43_26.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाई खुद सम्पति मूल्य भदौ मसान्तमा १९ पैसाले घटेर ९ रुपैयाँ ८५ पैसामा आएको छ । हाइब्रिड फन्डले सूचीकृत सेयरमा लगानी भने वृद्धि गरेको छ । 
 
यस फन्डको सेयर लगानी ४ करोड १६ लाख ९० हजार रुपैयाँले बढेर भदौ मसान्तसम्ममा ३९ करोड ३२ लाख ९७ हजार रुपैयाँ पुर्याएको छ । यसले कुल ५७ वटा सूचीकृत कम्पनीको १४ लाख ८८ हजार ३७२ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ६४ हजार २५६ कित्ता सेयर रहेको छ । 
 
यता, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य भने २ पैसाले बढेर १० रुपैयाँ ५३ पैसा पुगेको छ । अघिल्लो महिनाको तुलनामा सूचीकृत सेयरमा लगानी भने घटेको छ । सूचीकृत सेयरमा लगानी ७२ करोड ७६ लाख ९७ हजार रुपैयाँबाट घटेर भदौमा ५६ करोड ८७ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।
 
सुलभ इन्भेष्टमेन्ट फन्डले विभिन्न म्युचुअल फन्डसहित १८ वटा कम्पनीको कुल १ लाख ३५ हजार ७२८ कित्ता सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पिनीको १७ हजार ९९० कित्ता सेयर रहेको छ । सुलभ इन्भेष्टमेन्ट फन्ड कात्तिक २ गते परिपक्क हुँदैछ । असोज ३० गतेसम्म कायम रहने इकाईधनी मात्र योजना खारेजीपञ्चातको प्रतिफल पाउन योग्य हुनेछन् ।

Post Your Comment