एनएमबि सुलभ फन्ड परिपक्क, सूचीकरण खारेज

18 Oct,2019
  • mutual-funds-15_8_31_2018_8_43_26.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को सूचीकरण खारेज भएको छ । यो फन्ड शनिबार (कात्तिक २ गते) परिपक्क हुने भएकाले सूचीकरण खारेज गरिएको नेप्सेले जनाएको छ । योजना समाप्त भएकाले नेप्सेमा अब सुलभ फन्डको इकाई कारोबार हुँदैन । बिहीबार (असोज ३० गते) सम्म इकाई खरिद गरी कायम लगानीकर्ता मात्र योजना खारेजीपञ्चातको प्रतिफल पाउन योग्य हुनेछन् ।
 
नेप्सेमा बिहीबार यस फन्डको अन्तिम कारोबार प्रतिइकाई १० रुपैयाँ ३४ पैसामा भएको छ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डले २०७१ भदौ २० गते धितोपत्र बोर्डबाट योजना सञ्चालन अनुमति पाएको थियो । सञ्चालनमा आएयता यस फन्डले ४ वर्ष लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७२।७३ मा २०%, आव २०७३।७४ मा २१.०६%, आव २०७४।७५ मा २१.०५% र आव २०७५।७६ मा १५% नगद लाभांश वितरण गरेको हो ।
 
यता, भदौ मसान्तमा सुलभ फन्डको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ५४ पैसा रहेको छ । भदौ मसान्तमा १८ वटा सूचीकृत कम्पनीमा ५६ करोड ८७ लाख रुपैयाँ भन्दा बढी लगानी रहेको छ । बैंक मौज्दातमा ६५ करोड ९० लाख १३ हजार रुपैयाँ रहेको छ ।

Post Your Comment