Market Closed

एनएमबि सुलभ इन्भेष्टमेन्टले लिलामीबाट सेयरहरु बेच्दै, फन्ड परिपक्क

21 Nov,2019
  • auctions_4_11_21_2019_12_25_08.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डले–१ ले आफ्नो स्वामित्वमा रहेको २ लाख २१ हजार ६७० कित्ता सेयर तथा डिबेन्चर बिहीबार (मंसिर ५ गते) बाट बिक्री खुला गरेको छ । सुभल फन्ड परिपक्क भएपछि आफ्नो स्वामित्वमा रहेको सेयर तथा धितोपत्रका औजारहरु लिलामी प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । 
 
एनएमबि सुलभले विभिन्न ११ कम्पनीको ४७ हजार ६७० कित्ता सेयर र ५ वटा कम्पनीको १ लाख ७४ हजार कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । यो फन्ड कात्तिक २ गते परिपक्क भइसकेकाले योजना खारेजीमा लैजान सेयर लिलामीमा ल्याइएको हो । 
 
यस फन्डले लिलामीमा ल्याएका धितोपत्रहरुमध्ये सबैभन्दा धेरै एनआइसी एसियाको (२०८२–८३) को ६० हजार इकाई ऋणपत्र  रहेको छ । त्यसैगरी, एसबीएल डिबेन्चर (२०८२) र सानिमा डिबेन्चर (२०८५) को पनि ५०–५० हजार इकाई रहेका छन् । 
 
यस लिलामीमा सर्वसाधारण व्यक्ति, फर्म, कम्पनी र संस्थाहरुले एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंबाट आवेदन दिन सकिनेछन् । इच्छुक आवेदकले मंसिर ११ गतेसम्म बोलपत्र फारम बुझाउनुपर्नेछ । एक व्यक्ति वा कम्पनीले एउटा मात्र आवेदन पेश गर्न सक्नेछन् । बोलपत्र मंसिर १२ गते बिहान १० बजे खोलिनेछ ।

एनएमबि सुलभ इन्भेष्टमेन्टले बिक्रीमा ल्याएको धितोपत्र औजारहरु यहाँ हेर्नुहोस् । 

Post Your Comment