Market Closed

नेप्सेमा १ करोड २ लाख कित्ता सेयर सूचीकृत, २ कम्पनीको बोनस थपियो

27 Mar,2019
  • share_listing_3_22_2019_1_28_52.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा १ करोड २ लाख ७ हजार ३२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंक अफ काठमाडौं र नेसनल माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।
 
बैंक अफ काठमाडौंको ९९ लाख २ हजार ५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकको माघ १७ गतेको एजीएमबाट पारित १४% बोनस सेयर अहिले सूचीकृत भएको हो ।
 
यता, नेसनल माइक्रोफाइनान्सको पनि ३ लाख ५ हजार २७० कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले मंसिर २८ गते बसेको वार्षिक साधारण सभाबाट पारित २५% बोनस सेयर सूचीकृत गराएको हो ।

Post Your Comment