Market Closed

नेसनल माइक्रोफाइनान्सको ३५% लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन, मंसिर २७ मा एजीएम

30 Nov,2017
  • national-microfinance___11_30_2017_11_00_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल माइक्रोफाइनान्सको ३५% लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । कम्पनीले मंसिर २७ गते हुने सभामा गत वर्षको कमाईबाट २०% बोनस सेयर र १५% नगद लाभांश दिने प्रस्ताव गर्दैछ । यसका लागि नेसनलले शुक्रबारदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ । बुक क्लोज हुनु भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा बिहीबार नै सेयर किनिसक्नुपर्नेछ । पुराना सेयरधनी भने स्वत ःयसको हकदार हुनेछन् । कम्पनीले बोनसका लागि २ करोड रुपैयाँ र नगद लाभांसमा १ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । साधारण सभा आर.के. ब्यांकेट धादिङबेसीमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७३÷७४ को नाफा नोक्सान हिसाब तथा २०७४ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड रुपैयाँ छ । कम्पनीले २०% बोनसलाई जोडेर चुक्ता पुँजी १० करोड रुपैयाँबाट १२ करोड पुर्याएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेसनलले १ करोड ९७ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ७४ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ६१ पैसा छ । 
 
 
 

Post Your Comment