Market Closed

नेसनल माइक्रोफाइनान्सको खुद नाफा ७.५२% ले बढ्यो, रिजर्भ कोष छ यस्तो

22 Apr,2018
  • national-microfinance-bittiya-sansth_4_22_2018_5_41_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ७.५२% धेरै हो । गत वर्ष नेसनलले ५ करोड ५८ लाख ९४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । नेसनलले खुद ब्याज आम्दानीमा पनि १७.४८% बढोत्तरी गरेर १२ करोड १३ लाख ८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष१० करोड ३२ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा पनि ८ करोड ७८ लाखबाट बढोत्तरी भएर ९ करोड ४४ लाख ४२ हजार पुगेको छ । यता, नेसनलको चुक्ता पुँजी भन्दा अझै रिजर्भ कोष दरिलो देखिएको छ । यसले गर्दा लगानीकर्ताहरुलाई थप आकर्षण गर्न सक्ने देखिन्छ । यस त्रैमाससम्ममा १२ करोड ३ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेसनलको रिजर्भ कोषमा १४ करोड ५३ लाख ३९ हजार रुपैयाँ छ ।
 
निक्षेप २४ करोडबाट बढाएर ६० करोड ८२ लाख ३२ हजार रुपैयाँ पुर्याएको यस माइक्रोफाइनान्सले २ अर्ब २२ करोड ६४ लाख ८० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको खराब कर्जा ०.५६% बाट बढेर १.३०% पुगेको छ । प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ५८ पैसा (वार्षिक) रहेको नेसनलको प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ७६ पैसा छ । 
 
 
 
 
 

Post Your Comment