Market Closed

नेसनल माइक्रोफाइनान्सले दिने भयो ७५% बोनस, कर तिर्न ५% नगद पनि

19 Sep,2019
  • national-microfinance-bittiya-sanstha-ltd_7_22_2018_11_08_44.jpg
नेपाली पैसा
 
काठमाडौं : नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ८०% लाभांश दिने भएको छ । लघुवित्तको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ७५% बोनस सेयर र ५% नगद गरी कुल ८०% लाभांश वितरण गर्ने निर्णय गरेको छ । 
 
नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । लघुवित्तले बोनस सेयरका लागि ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँ खर्च गर्नेछ । यस्तै, ७५ लाख ४४ हजार १५० रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
 
हाल नेसनलको चुक्ता पुँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको छ । प्रस्तावित ७५%  बोनस सेयर वितरणपछि पुँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ पुग्नेछ ।



Post Your Comment