Market Closed

बिमातर्फ सबैभन्दा धेरै कर तिर्नेमा नेपाल पुनर्बिमा कम्पनी, १ अर्ब ६० करोडको आइपीओ पनि आउँदै

20 Nov,2018
  • Nepal_Re-insurance_11_20_2018_6_20_53.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल पुनर्बिमा कम्पनी यस वर्ष राज्यलाई सर्वाधिक कर बुझाउने कम्पनीमा परेको छ । बिमा व्यवसायको तर्फबाट पुनर्बिमा सबैभन्दा धेरै कर तिर्नेमा परेको हो । सातौ राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न विधाबाट अधिकतम कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको हो ।

आन्तरिक राजस्व विभागले तयार गरेको सूची अनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बिमा व्यापार लगायतका क्षेत्रमा सर्वाधिक कर तिर्ने संस्थाहरु सम्मानित भएका हुन् । सम्मानित व्यक्ति तथा कम्पनीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका थिए । 
 
पुनर्बिमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको १ करोड ६० लाख कित्ता आइपीओ पनि खुला गर्दैछ । कम्पनीले आइपीओमा आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकको पनि जिम्मेवारी पनि दिइसकेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ छ ।

आइपीओ बिक्रीपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । पुनर्बिमा कम्पनीमा सरकारको ४३.५५%, जीवन बिमा र अन्य पब्लिक कम्पनीहरुको १८.०५% र निर्जीवन बिमा कम्पनीहरुको ३८.३९% सेयर लगानी रहेको छ । 
 

Post Your Comment