Market Closed

एक अर्ब ६० करोडको आइपीओ खुल्नै लाग्दा पुनर्बिमा कम्पनीले बोलायो एजीएम

12 Jun,2019
  • ipo_6_12_2019_11_37_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल पुनर्बिमा कम्पनीले शुक्रबार (जेठ ३१ गते) साधारण सभा बोलाएको छ । सभा होटल हिमालय, पुल्चोकमा साँझ ५ बजे बस्नेछ । आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने लगायतका एजेन्डा राखिएका छन् ।  नेपाल पुनर्बिमा कम्पनी बिमा व्यवसायको तर्फबाट गत वर्ष राज्यलाई सर्वाधिक कर बुझाउने कम्पनीमा पनि परेको थियो ।  
 
यता, पुनर्बिमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको १ करोड ६० लाख कित्ता आइपीओ खुला गर्ने तयारी गरिरहेको छ ।  कम्पनीले आइपीओ बिक्री गर्न आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकको पनि जिम्मेवारी समेत दिइसकेको छ । अब केही समयपछि आइपीओ बिक्री खुला हुने जानकारी दिइएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । पुनर्बिमा कम्पनीमा सरकारको ४३.५५%, जीवन बिमा र अन्य पब्लिक कम्पनीहरुको १८.०५% र निर्जीवन बिमा कम्पनीहरुको ३८.३९% सेयर लगानी रहेको छ । 
 
 

Post Your Comment