Market Closed

एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा यसरी परिरहेको छ आवेदन

03 Aug,2020
  • ipo_7_13_2020_10_59_32_7_16_2020_6_08_15_8_3_2020_5_52_07.jpg
नेपाली पैसा

काठमाडौं  : एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आइपीओमा लगानीकर्ताले आक्रामक रुपमा आवेदन दिने क्रम जारीनै छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्ममा २ लाख ७४ हजार ५४१ जनाले १ करोड ३ लाख ४८ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । १ अर्ब ३ करोड ४८ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ३१ लाख ६० हजार १८३ कित्तालाई आधार मान्दा ३.२७ गुणा बढी आवेदन हो । 
 
कम्पनीले साउन १६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्कासन गरेको हो । कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५% अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसैगरी, २% अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यसबाट बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले यो सेयरमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरोसयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य रहेको छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट), मध्य तमोर हाइड्रोपावर (५४ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ ।
 

Post Your Comment