Market Closed

नेपाल सेवा लघुवित्तको ६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

06 Jun,2018
  • share_listing_6_6_2018_2_14_38.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले ६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ । यसमध्ये हालै बाँडफाँट भएको १ लाख ८० हजार कित्ता आइपीओ पनि अहिले सूचीकृत भएको हो । अब नेपाल सेवाको सेयर कारोबार १ हप्तापछि सुरु हुनेछ ।
 
कम्पनीले वैशाख १२ गतेदेखि १६ गतेसम्म कुल १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३ हजार ६०० (२%) कित्ता कम्पनीका कर्मचारी र ९ हजार (५%) कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । नेपाल सेवाकोे केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लामा छ ।

Post Your Comment