Market Closed

नेपाल सेवाको सेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

14 Jun,2018
  • NSE_6_14_2018_2_57_25.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको बिहीबारदेखि सेयर कारोबार सुरु भएको छ । नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.९३ देखि ३११.८१ रुपैयाँ ओपन रेन्ज दिएको थियो । बिहीबार नेप्सेमा यसको १० कित्ता सेयर प्रतिकित्ता ३१० रुपैयाँको दरले कारोबार पनि भइसकेको छ । सेयर कारोबारका लागि कम्पनीले ‘एनएसइडब्लुए’ संकेत पाएको छ ।
 
नेप्सेमा नेपाल सेवाको ६ लाख कित्ता सेयर सूचीकृत छ । यसमध्ये गत वैशाख १२ देखि १६ गतेसम्म बिक्री गरेको १ लाख ८० हजार कित्ता आइपीओ पनि रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो लघुवित्तले ५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

Post Your Comment