Market Closed

नेपाल सेवाको खुद ब्याज आम्दानी ७१.९७% बढेपनि खुद नाफा घट्नुमा यस्तो छ कारण

20 Aug,2018
  • NSE_6_14_2018_2_57_25.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल सेवा लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा १२.५% थोरै हो । अघिल्लो वर्ष कम्पनीले ४६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
यता, खुद ब्याज आम्दानी भने ७१.९७% ले बढाएर २ करोड ५ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष नेपाल सेवाले १ करोड १९ लाख ५३ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानी बढेपनि कर्मचारी खर्च निकै बढेको छ । यस्तै, सम्भावित जोखिमका लागि पनि २ करोड ९ लाख १७ हजार रुपैयाँ छुट्याउनु पर्दा सञ्चालन नोक्सान व्यहोरेको छ । यी कारणले कम्पनीको नाफामा प्रतिकुल असर परेको हो ।
 
कम्पनी यो त्रैमाससम्म आइपुग्दा १ करोड ४ लाख ५७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा देखिएको छ । नेपाल सेवाले १ करोड ६८ लाख ४८ हजार रुपैयाँ राइट ब्याक गरेको छ । निक्षेप संकलन २ करोड ४७ लाखबाट बढाएर ४ करोड ७२ लाख ४२ हजार रुपैयाँ पुर्याएको नेपाल सेवाले ३० करोड ७४ लाख ९५ हजार कर्जा लगानी गरेको छ ।
 
चुक्ता पुँजी ६ करोड रुपैयाँ भएको नेपाल सेवाको रिजर्भ कोषमा ५२ लाख ८ हजार रुपैयाँ मात्र छ । चुक्ता पुँजीको आधारमा कम्पनीले रिजर्भ कोष बढाउनुपर्ने देखिन्छ । यता, कम्पनीको खराब कर्जा भने १% बाट बढेर २.७२% कायम भएको छ । कम्पनीले गत वैशाख १२ देखि १६ गतेसम्म १ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । 

Post Your Comment