Market Closed

नेपाल सेवाले ५% नगद लाभांश दिने, कर तिर्ने रकम पनि पाइने

08 Oct,2018
  • nepal_sewa_imgn_10_8_2018_11_09_53.png
नेपाली पैसा
 
काठमाडौं : नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले ५% नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार (असोज १९ गते) बसेको सञ्चालक समिति बैठकले हाल कायम ६ करोड रुपैयाँ चुक्ता पुँजीबाट ३० लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । नगद लाभांशमा लाग्ने कर तिर्न पनि १ लाख ५७ हजार ८९५ रुपैयाँ छुट्याइएको छ । यसआधारमा लगानीकर्ताले कर तिर्ने रकम पनि पाउनेछन् । 
 
कम्पनी सञ्चालक समितिको यस निर्णय राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । नेपाल सेवाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वैशाख १२ देखि १६ गतेसम्म १ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । 

Post Your Comment