Market Closed

नेपाल सेवा लघुवित्तको मर्ज विकल्प खुला, लाभांश पारित गर्न कहिले बोलायो एजीएम ?

28 Dec,2018
  • dividends_img_12_28_2018_5_35_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २८ गते हुने भएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीको केन्द्रीय कार्यालय रहने स्थान परिवर्तन गर्नका लागि प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । 
 
साधारण सभा श्री इन्द्रावती सामुदायिक सेवाकेन्द्र, फटकशिला–८ सिन्धुपाल्चोकमा बिहान ११ बजे सुरु हुनेछ । सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । अन्य ईजाजत प्राप्त घ वर्गका कुनै वित्तीय संस्था गाभ्न, गाभिन आएमा त्यसको सम्पूर्ण जिम्मा सञ्चालक समितिलाई दिने प्रस्ताव पनि लगिदैछ । 
 
सभामा आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानमा छलफल गर्ने प्रस्ताव पनि पेश गरिंदैछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 
 
सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । यसआधारमा पुस १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले गत वैशाख १२ देखि १६ गतेसम्म १ लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । 
 

Post Your Comment