Market Closed

नेपाल सेवाको ५.२% नगद लाभांश बैंक खातामा, तपाईं पनि चेक गर्नुस है

06 Feb,2019
  • nepal_sewa_imgn_10_8_2018_11_09_53.png
नेपाली पैसा 
 
काठमाडौं : नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले बुधबार (माघ २३ गते) देखि सेयरधनीकोे खातामै नगद लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको ५.२% नगद लाभांश खातामा राखिदिन थालेको हो । पुस १३ गतेसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएकाहरुको मात्र नगद जम्मा गरिएको हो । 
 
हालसम्म पनि डिम्याट नगरेकालाई भने तत्काल सेयर डिम्याट गर्न भनिएको छ । लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य निक्षेप सदस्यमा गएर डिम्याट खाता खोल्न सकिनेछ ।

त्यसपछि मात्र खातामा नगद लाभांश जम्मा हुनेछ । लघुवित्तको पुस २९ गते सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट ५.२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
 
 

Post Your Comment