Market Closed

नेपाल सेवाले साधारण सभामा के–के प्रस्ताव लैजाँदैछ ?

25 Dec,2019
  • AGM3_12_25_2019_12_55_27.png
नेपाली पैसा 
 
काठमाडौं : नेपाल सेवा लघुवित्त वित्तीय सस्ंथाको साधारण सभा पुस २९ गते बस्ने भएको छ । सभामा कम्पनीले २.६२५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सस्ंथाले गत वर्षको नाफाबाट २.५% बोनस सेयर र कर प्रयोजन सहित ०.१२५% नगत लाभांश वितरण गर्न लागेको हो । यस्तै, नेपाल सेवाले बोनस सेयर पश्चात कायम हुने पुँजीबाट १००% हकप्रद सेयर निष्कासन गर्ने एजेन्डा पनि बनाएको छ । सभा, श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा बिहान ११ बजे सुरु हुनेछ । 
 
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि नेपाल सेवाले १६ देखी २९ गते सम्म बुक क्लोज गर्दैछ । पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Post Your Comment