Market Closed

नेपाल सेवा लघुवित्तले निकाल्यो यस्तो वित्तीय विवरण

05 Jun,2020
  • report-button-png-hi_5_17_2018_1_40_03.png
नेपाली पैसा
 
काठमाडौं : नेपाल सेवा लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । नाफा गत वर्षको भन्दा ८७.५९% ले थोरै हो । गत वर्ष यस कम्पनीले १३ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, कम्पनीले खुद ब्याज आम्दानी भने ८.५१% ले बढाएर १ करोड ८६ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ ।

गत वर्ष यसले १ करोड ७२ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनी चैतसम्म २ करोड ४ लाख १० हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । चैतसम्म १० करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको नेपाल सेवाले ६२ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल यसको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १६ लाख ४१ हजार रुपैयाँ छ । कम्पनीको खराब कर्जा भने २.७७% बाट घटेर १.७५% कायम भएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ८१ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७४ पैसा रहेको छ ।
 

Post Your Comment