Market Closed

थप ४७६ जनामा कोरोनामा संक्रमण, काठमाडौंमा ८ जना फेला परे

29 Jun,2020
  • corona_virus_in_tes_6_28_2020_4_32_28_6_29_2020_4_41_27.jpg
नेपाली पैसा

काठमाडौं : सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । सोमबार मात्रै काठमाडौं उपत्यकामा  ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक–एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।



उपचारपछि निको हुनेको संख्या ३ हजार १३४ जना रहेको छ । यस्तै, कोरोनाबाट थप १ जनको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म २९ जनाले ज्यान गुमाएका छन् ।
 

Post Your Comment