Market Closed

लगानी बोर्डको सिइओमा सुशील भट्ट नियुक्त

04 Aug,2020
  • download_8_4_2020_9_38_41.jpg
नेपाली पैसा

काठमाडौं : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई नियुक्त गरिएको हो । राष्ट्रिय योजना आयोगका सदस्य रहेका भट्ट चार वर्षे कार्यकालका लागि सिइओ नियुक्त भएका हुन् । 

शुक्रबार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि ४ जनाले अन्तर्वार्ता दिएका थिए । अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको टोलीले भट्ट, लगानी विज्ञ डा सरोज कोइराला, विद्युत नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र पूर्वसहसचिव लक्ष्मिविलास कोइरालासँग अन्तर्वार्ता लिएको थियो । छनौट समितिले ३ जनाको नाम नियुक्तिका लागि मन्त्रिपरिषद्मा पेस गरेको थियो । 

Post Your Comment