नेपाल टेलिकमको ‘होली अफर’, के–के पाइन्छ ?

28 Feb,2018
  • Nepal-door-sanchar-company-ltd_2_28_2018_5_02_45.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल टेलिकमले ‘होली अफर’ ल्याएको छ । देशको पहाडी जिल्लामा १७ र तराईका जिल्लामा १८ गते मनाउन लागिएको होली पर्वको अवसरमा आफ्ना ग्राहकलाई ४ वटा विभिन्न अफर ल्याएको छ । यो योजना टेलिकमका जीएसएम सिमकार्ड प्रयोगकर्ताले फागुन १७ देखि चैत १ गतेसम्म उपभोग गर्न पाउने टेलिकमले जनाएको छ । अनलिमिटेड भ्वाइस नाइट कल, अनलिमिटेड अल टाइम डाटा, अनलिमिटेड नाइट डाटा, अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस योजना ल्याएको छ ।
 
अनलिमिटेड भ्वाइस नाइट कल :
कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल योजना ल्याएको छ । यो योजना ३५ रुपैयाँमा खरिद गर्न सकिने छ भने ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।
 
अनलिमिटेड अल टाइम डाटा :
टेलिकमका अनुसार ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा पाउन सकिने छ । डाटा खरिद गरेको २४ घण्टा सम्म प्रयोग गर्न सकिने छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्नेछ ।
 
अनलिमिटेड नाइट डाटा :
एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ । नाइट डाटा प्याक १५ रुपैयाँमा राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्नेछ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।
 
अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस :
अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । यो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ ।
 

Post Your Comment