Market Closed

टेलिकम अघि बढ्दै, खुद नाफामा १०.७०% वृद्धि, रिजर्भमा ८७ अर्ब ९८ करोड

16 Nov,2018
  • Nepal-door-sanchar-company-ltd_8_13_2018_12_49_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको भन्दा १०.७०% धेरै हो । गत वर्ष टेलिकमले ४ अर्ब ५ करोड ६५ लाख ३८ हजार ७४ रुपैयाँ खुद नाफा कमाएको थियो । ठूलो पुँजीको कम्पनी भएकाले वार्षिक रुपमा नाफा बढाउँदै लैजान सक्नुलाई टेलिकमको सफलताको रुपमा हेरिएको छ ।
 
सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको समग्रमा वित्तीय अवस्था मजुबत देखिन्छ । यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको रिजर्भ कोष झन् बलियो बन्दै गएको छ । यो त्रैमाससम्ममा टेलिकमको रिजर्भ कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ रहेको छ । गत वर्ष रिजर्भ कोषमा ८१ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । कम्पनीको सेवा बिक्रीबाट कुल आम्दानी भने ११ अर्ब ८३ करोड रुपैयाँबाट घटेर १० अर्ब ८५ करोड ४ लाख ५४ हजार रुपैयाँमा खुम्चिएको छ ।

टेलिकमले प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ दुवै बढाउन सफल भएको छ । गत वर्ष १०८ रुपैयाँ १७ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो त्रैमाससम्म आइपुग्दा बढेर ११९ रुपैयाँ ७५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ पनि ६४३ रुपैयाँ ८४ पैसाबाट बढेर ६८६ रुपैयाँ ६० पैसा कायम भएको छ । यसको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६.५१ गुणा मात्र रहेको छ ।

Post Your Comment