नेपाल टेलिकमको प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने घोषणा

18 Dec,2018
  • Nepal-door-sanchar-company-ltd_8_13_2018_12_49_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने भएको छ । टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४–०७५ को वितरण योग्य नाफाबाट लगानीकर्ताहरुलाई  उक्त नगद लाभांश दिने निर्णय गरेको हो ।
 
टेलिकमका अनुसार प्रस्तावित लाभांश नेपाल सरकारले स्वीकृत दिएपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा लगिने छ । साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण गरिने कम्पनीले जानकारी गराएको छ । 
 
टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको रिजर्भ कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ ६८६ रुपैयाँ ६० पैसा छ ।

टेलिकमले विगतमा दिएको लाभांश :


Post Your Comment