नेपाल टेलिकमको ५५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

27 Dec,2018
  • Nepal-door-sanchar-company-ltd_8_13_2018_12_49_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ५५% नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । टेलिकमले पुस ३० गते बस्ने वार्षिक साधारण सभामा प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने प्रसव पेश गर्दैछ । यसका लागि आइतबार (पुस १५ गते) बुक क्लोज हुने भएकाले बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् । शुक्रबार र शनिबार सेयर बजार बन्द हुने भएकाले बिहीबार नै सेयरधनी बनिसक्नुपर्नेछ ।
 
साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा दिउसो ३ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनसहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गरिंदैछ । चालु आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । 
 
टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको रिजर्भ कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ ६८६ रुपैयाँ ६० पैसा छ ।

Post Your Comment