Market Closed

नेपाल टेलिकमको एजीएम आज, ५५% नगद लाभांश अनुमोदन मुख्य एजेन्डा

14 Jan,2019
  • Nepal-door-sanchar-company-ltd_8_13_2018_12_49_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सोमबार दिउसो ३ बजे सुरु हँुदैछ । सभामा कम्पनीले ५५% नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डा पेश गर्दैछ । सभा प्रयोजनका लागि टेलिकमले पुस १५ गते बुक क्लोज गरिसकेको छ । पुस १२ गतेसम्म कायम सेयरधनीले टेलिकमले वितरण गर्ने लाभांश पाउनेछन् । 
 
सभामा आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन सहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । चालु आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । 
 
हाल यस कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको रिजर्भ कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ ६८६ रुपैयाँ ६० पैसा छ ।

पढ्नुहोस् नेपाल टेलिकमको एजीएमका एजेन्डा 
 
 
 

Post Your Comment