नेपाल टेलिकमको ५५% नगद लाभांश पारित, सेवा थप प्रभावकारी बनाउने प्रण

15 Jan,2019
  • ntc_m_1_15_2019_4_08_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को ५५% नगद लाभांश पारित भएको छ । टेलिकमको सोमबार सम्पन्न साधारण सभाले लाभांश प्रस्ताव अनुमोदन गरेको हो । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा भएको थियो । सभा प्रयोजनका लागि टेलिकमले पुस १५ गते बुक क्लोज गरेको थियो ।

पुस १२ गतेसम्म कायम सेयरधनीले टेलिकमले वितरण गर्ने लाभांश पाउनेछन् । टेलिकमले आफ्नो फोजी सेवालाई थप प्रभावकारी बनाउने प्रण गरेको छ । नयाँ सेवा विस्तार, गुणस्तरमा सुधार गर्न पनि कम्पनी लागिपर्ने साधारण सभामा जानकारी गराइयो । 
 
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन सहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पनि पारित भएको छ । चालु आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन भएको छ । 
 
हाल यस कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको रिजर्भ कोषमा ८७ अर्ब ९८ करोड ९३ लाख २५ हजार ७१५ रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ ६८६ रुपैयाँ ६० पैसा छ ।
 
 
 

Post Your Comment