सर्वसाधारणको हिस्सा बढ्ने हल्लाले टेलिकमको सेयर भाउ प्रभावित

03 Feb,2019
  • Nepal-door-sanchar-company-ltd_8_13_2018_12_49_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को पुँजी संरचना परिवर्तन हुने हल्लाले आइतबार टेलिकमको सेयर भाउ प्रभावित भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सर्वसाधारणको सेयर हिस्सा बढाएर २६% पुर्याउने बताएका छन् । यसै विषयलाई लिएर आइतबार टेलिकमको कारोबार पनि उच्च भएको छ ।
 
आइतबार मध्याह्नसम्म टेलिकमको २ करोड ९५ लाख १३ हजार २६५ रुपैयाँ बराबरको ४१ हजार ३४० कित्ता सेयर करोबार भएका छन् । यस्तै, सेयर मूल्य १९ रुपैयाँले घटेर प्रतिकित्ता ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।
 
टेलिकम नेप्सेमा सूचीकृत सर्वाधिक बजार पुँजीकरण भएको कम्पनी हो । यसको सेयर मूल्य तलमाथि हुँदा समग्र बजार सूचक नै प्रभावित हुने गरेको छ । १५ अर्ब चुक्त पुँजी भएको यस कम्पनीको ८% सेयर मात्र बजारमा कारोबार हुँदै आएको छ । 

सञ्चार मन्त्रीले सार्वजनिक रुपमा सर्वसाधारणको हिस्सा बढाउने बताएपनि यसमा कुनै निर्णय भइसकेको छैन । सर्वसाधारणको हिस्सा बढाएमा सरकारको स्वामित्वमा टेलिकमको ६६% सेयर मात्र हुनेछ । सर्वसाधारणको हिस्सा बढ्दा बजारमा आपूर्ति बढ्न सक्ने अनुमान कतिपयको रहेको हुन सक्छ । 

Post Your Comment