Market Closed

टेलिकमको खुद नाफामा किन आयो १५.२५% गिरावट ? रिजर्भ कोष भने थप मजबुत

12 Feb,2019
  • Nepal-door-sanchar-company-ltd_8_13_2018_12_49_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ अर्ब ३४ करोड १४ लाख २० हजार ६९४ रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको भन्दा १५.२५% थोरै हो । गत वर्ष टेलिकमले ७ अर्ब ४८ करोड २८ लाख १४ हजार ५७० रुपैयाँ खुद नाफा कमाएको थियो । 
 
चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ । यो त्रैमास सम्ममा टेलिकमको रिजर्भ कोषमा ९९ अर्ब ९९ करोड ९९ लाख ४१ हजार ५६६ रुपैयाँ जम्मा भइसकेको छ । गत वर्ष रिजर्भ कोषमा ७५ अर्ब ३४ करोड ५० लाख रुपैयाँ रहेको थियो । 
 
कम्पनीको दूरसञ्चार लगायतका प्रविधि सेवा बिक्रीबाट हुने आम्दानी घट्दा समग्र नाफा प्रभावित भएको हो । गत वर्ष सेवा बिक्रीबाट २२ अर्ब ३६ करोड ९९ लाख १६ हजार रुपैयाँ आम्दानी गरेकामा यसपटक त्यो खुम्चिएर २१ अर्ब ७१ करोड २४ लाख ४२ हजार ६२१ रुपैयाँमा आइपुगेको छ ।
 
टेलिकमको प्रतिसेयर आम्दानीमा पनि १५ रुपैयाँ २२ पैसाको गिरावट आई ८४ रुपैयाँ ५५ पैसामा सीमित भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ९९ रुपैयाँ ७७ पैसा थियो । प्रतिसेयर नेटवर्थ भने ६०२ रुपैयाँ ३० पैसाबाट बढेर ७०६ रुपैयाँ ६७ पैसा पुगेको छ । 
 

Post Your Comment