Market Closed

टेलिकमको नाफा र प्रतिसेयर आम्दानी खस्किंदा रिजर्भ झनै बलियो

15 Aug,2019
  • Nepal-door-sanchar-company-ltd_8_13_2018_12_49_58.jpg
नेपाली पैसा

काठमाडौं : सरकारी स्वामित्वको नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० अर्ब २० करोड ८१ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४१.६१% थोरै हो । गत वर्ष टेलिकमले १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ ।

यो त्रैमास सम्ममा टेलिकमको रिजर्भ कोषमा ८६ अर्ब ७३ करोड १७ लाख रुपैयाँ जम्मा भइसकेको छ । अघिल्लो वर्षको यसै अवधिमा रिजर्भ कोषमा ८४ अर्ब ३२ करोड ८० लाख ८७ हजार रुपैयाँ रहेको थियो ।कम्पनीको दूरसञ्चार लगायतका प्रविधि तथा सेवा बिक्रीबाट हुने आम्दानी घट्दा समग्र नाफा प्रभावित भएको हो ।

गत वर्ष सेवा बिक्रीबाट ३९ अर्ब २ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेकामा यसपटक त्यो खुम्चिएर ३६ अर्ब ७८ करोड ४८ लाख ७४ हजार रुपैयाँमा आइपुगेको छ । टेलिकमको प्रतिसेयर आम्दानीमा भने ४८ रुपैयाँ ५१ पैसाको गिरावट आई ६८ रुपैयाँ ०५ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ११६ रुपैयाँ ५६ पैसा थियो । प्रतिसेयर नेटवर्थ भने ६६४ रुपैयाँ ४३ पैसाबाट बढेर ६७८ रुपैयाँ २१ पैसा पुगेको छ ।

Post Your Comment