Market Closed

ओमको खुद नाफा ३०.४५% ले बढ्यो, रिजर्भ कोषमा आकर्षक सुधार

25 Apr,2019
  • Om-development-bank-_2_26_2018_10_49_25.jpg
नेपाली पैसा
 
काठमाडौं : ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड ७३ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्राइम बैंकसँग एक्विजिसन प्रक्रियामा रहेको ओमले गत आर्थिक वर्षको यही अवधिको भन्दा ३०.४५% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष २६ करोड ६२ लाख ८६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । एक्विजिसनका लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइसकेको छ । तर सहमति दिएको झण्डै ६ महिना हुन लाग्दा पनि प्रक्रिया टुंगोमा पुग्न सकेको छैन । 
 
यता, खुद ब्याज आम्दानी ४४.४३% र सञ्चालन नाफा ३३.६६% ले बढेको छ । चैत मसान्तसम्ममा ओमको खुद ब्याज आम्दानी ७७ करोड ९४ लाख १४ हजार रुपैयाँ छ । यस्तै, सञ्चालन नाफा ५४ करोड ३ लाख ९६ हजार रुपैयाँ रहेको छ । बैंकले २४ अर्ब ७९ करोड ८९ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ४९ करोड ५१ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
 
ओमको खराब कर्जा ०.८२% बाट बढेर ०.९५% पुगेको छ । कस्ट फन्ड भने ९.२२% बाट घटेर ९.०५% मा आएको छ । यस बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ । ओमले १२.७०% बोनस सेयर दिने घोषणा गरेको छ । उक्त बोनस वितरणपछि पुँजी २ अर्ब ८३ करोड ४६ लाख ६९ हजार रुपैयाँ पुग्नेछ । 
 
यता, ओमको रिजर्भ कोषमा ६९.५३% वृद्धि भएर १ अर्ब १५ करोड १२ लाख १ हजार रुपैयाँ जम्मा भएको छ । यस्तै, प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी १४ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ थियो ।

ओमको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment